Aamsanchar

पहिलो बच्चा जन्माउन लागि ३५ वर्षभन्दा ढिलो गर्न हुँदैन !

Author Image
शनिवार, जेठ २७, २०८०

काठमाडौं –हरेक दम्पतीले सन्तानका विषयमा आपसमा सल्लाह गर्नुपर्छ । इच्छाअनुसार सन्तान जन्माउने कि नजन्माउने, सन्तान जन्माउने भए कहिले, कति समयको अन्तरालमा र कति सन्तान जन्माउने निधो गर्नुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उपयुक्त जन्मान्तरका बारेमा जानकारी गराएको छ ।

केन्द्रका अनुसार २० वर्ष पुगेपछि मात्र पहिलो बच्चा जन्माउन उपयुक्त हुन्छ । महिलाको उमेर २० वर्ष पुगेपछि मात्र शारीरिक एवं मानसिक रूपले परिपक्व हुने गर्छ ।

यस्तै, पहिलो बच्चा जन्माउनका लागि ३५ वर्षभन्दा ढिलो गर्न उपयुक्त नहुने केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार एक बच्चा जन्माएपछि पुनः अर्को बच्चा तीन वर्षपछि जन्माउनु राम्रो हुन्छ ।

आफैँ वा गराइएको गर्भपतनपछि पुनः गर्भवती हुन महिलाले कम्तीमा ६ महिना कुर्नुपर्नेमा केन्द्रले जोड दिएको छ ।

दम्पतीले परिवार नियोजनको उपयुक्त साधनको प्रयोग गर्न सक्छन् । परिवार नियोजनलाई व्यवस्थित र सुखी परिवारका लागि सहयोग पुर्‍याउन अपनाइने उपायका रूपमा लिइने सो केन्द्रले जनाएको छ ।

परिवार नियोजनका फाइदा–
१. अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन हुनबाट बचाउँछ । पहिलो बच्चा ढिलो पाउन र दुई बच्चाबीचको जन्मान्तर कायम गर्न सहयोग पुर्‍याउँछ ।
२. राम्रो स्याहारसुसार पाउनाले आमा र बच्चा दुवैको स्वास्थ्य र पोषण अवस्थामा सुधार हुन्छ ।
३. मातृ, नवजात शिशु तथा बालबालिका बिरामी हुने र मृत्यु हुने दरमा कमी ल्याउँछ ।
४. आफ्ना सन्तानलाई राम्रो शिक्षा प्रदान गर्न सकिन्छ ।
५. व्यक्ति र दम्पतीको आर्थिक उत्थान र सुखी जीवनयापन गर्न मद्दत पुर्‍याउँछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१