Aamsanchar

यी खानेकुरा आँपसँग नखाएकै राम्रो

Author Image
आइतवार, जेठ २८, २०८०

काठमाडौं : आँपको सिजन सुरु भएको छ। गर्मी मौसमको मुख्य फलको रुपमा आँपलाई लिने गरिन्छ।

गर्मीमा धेरैजसो मानिसले आँप खाने गर्छन्। आँपको विभिन्न परिकार बनाएर खाने गरिन्छ। धेरै फलफूलमा मिसाएर सलाद पनि बनाइन्छ। खानापछि मिठाईको स्थान पनि आँपले पाएको छ। तर ख्याल राख्नु पर्ने मुख्य कुरा के हो भने  केहि खानेकुरा र पेय पदार्थहरू छन् जुन आँपसँग वा खाए पछि खानु हुँदैन।

यी खानेकुरा आँपसँग नखाएकै राम्रो

दूग्ध जन्य खानेकुरा :गर्मीमा चिसो रहन दही, लस्सी लगायतका दूधजन्य खानेकुरा धेरै खाने गरिन्छ। अझै धेरैले यी यी खानेकुरा आँपसँगै पनि खाने गरेको देखिन्छ। तर बुझ्नु पर्ने कुरा केहो भने  आँप तातो बनाउने खानेकुरा हो। यस्तो अवस्थामा आँप खाएपछि दही खाँदा चिसो र तातो दुवैको प्रभावले स्वास्थ्यलाई हानि पुर्‍याउँछ। यसले छाला र पेटको समस्या निम्त्याउन सक्छ।

चिसो पेय पदार्थ : चिसो पेय पदार्थ र आँप दुबैमा चिनीको मात्रा धेरै हुन्छ। यिनको सँगै सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्न सक्छ। आँप खाएपछि तुरुन्तै चिसो पेय पदार्थ पिउनाले पाचन प्रक्रियामा असर गर्छ र पेट फुल्ने समस्या हुन सक्छ। आँपसँगै पानी पिउनु हुँदैन किनभने यसले पेटको समस्या पनि निम्त्याउन सक्छ।​

मसलेदार खाना :कतिपयले खुर्सानी–मसालेदार खानापछि मिठाईको रुपमा आँप खान्छन्। तर यी खानेकुराको संयोजनले पेटलाई हानि पुर्‍याउन सक्छ। पाचन क्रियामा असर पर्ने, पेटमा जलन हुने, एसिडिटी हुने, पखाला लाग्ने, ग्यास हुने र पेट फुल्ने समस्या हुन सक्छ । यस्तो अवस्थामा मसलादार खानेकुरा र आँप लगायत सामान्य खानाबीच दुईदेखि तीन घण्टाको अन्तर राखेको राम्रो हुन्छ।

भिटामिन-सी युक्त फलहरू:आँप आफैंमा भिटामिन-सी प्रशस्त मात्रामा पाइन्छ, त्यसैले यसलाई अन्य सिट्रस फलफूलसँगै सेवन गर्दा एसिडिटी र पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ। सुन्तला वा कागती जस्ता सिट्रस फलहरूमा एसिडिटीको उच्च स्तरले सामान्य पाचनमा बाधा पुर्‍याउन सक्छ र छाती जलन वा पेटमा असुविधा हुन सक्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१