Aamsanchar

बिर्तामोडमा अत्याधुनिक नीलडेविड्स द सलून लाउञ्ज सञ्चालन हुने

Author Image
बिहिवार, जेठ ३२, २०८०

बिर्तामोड ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा स्थापित नीलडेविड्स सलूनको दोस्रो शाखा झापाको बिर्तामोडमा सञ्चालन हुने भएको छ ।

प्रख्यात हेयर स्टाइलिष्ट नीलडेविड कटवालले आफ्ना भाइ राजन कटवालसँग सहकार्य गर्दै झापाको बिर्तामोडमा अत्याधुनिक नीलडेविड्स द सलून लाउञ्ज सञ्चालन हुने भएको हो ।

कटवालले आगामी साउन ९ गते  का दिन बिर्तामोडको वनस्टप मलमा उक्त सलून लाउञ्ज सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । उक्त सलून भारतको नीलडेविड्स सलून म्यानेजमेन्टबाट सञ्चालन हुनेछ ।

बिर्तामोडमा सञ्चालनमा आउने सलूनमा प्रत्येक शनिवार तथा आइतबार नीलडेविड्स भारतका सिनियर तथा एक्सपर्ट हेयर स्टाइलिष्ट तथा स्किन एक्सपर्टको सल्लाहसुझावका साथै हेयर स्टाइलको नयाँ ट्रेन्डका साथै स्किनको केयर हुने नीलडेविड्स सलूनका संस्थापक निलम कटवाल (नीलडेविड्स) ले बताए ।

भारतको नयाँ दिल्लीमा १८ वर्षको अनुभवी ब्राइडल मेकअप एक्सपर्टले झापाका लागि ब्राइडल प्याकेज उपलब्ध गराउने छन् । कटवालका अनुसार बिर्तामोडको सलूनमा उनी प्रत्येक साता भ्रमण गर्नेछन् ।

साथै उक्त द सलून लाउञ्जमा भारतीय व्यवस्थापनले हाइजीन, हस्पिटालिटी तथा गुणस्तरीय सेवामा ध्यान दिने छ ।

यसअघि नीलडेविडले बिर्तामोडकै हनुमान सपिङ सेन्टरमा सञ्चालनमा ल्याएको नीलडेविड हेयर एण्ड ब्युटी एकेडेमीले पनि आफ्नो सेवा सुचारु गरिरहेको छ ।

आफ्नो गृहनगरमा नयाँ लाउञ्ज सलून खोल्ने कारण स्पष्ट पादै भनेका छन्– ‘मैले सन् २०२५ मा आफ्नो जन्मथलो लक्ष्मीपुरमा नीलडेविड्स फाउण्डेसन खोल्ने योजना बनाएको छु । यो फाउण्डेसनले निम्न आर्थिक अवस्थाका एक सय जना विद्यार्थीहरूलाई (नेपालका ५० तथा भारतका ५०) जनालाई निःशुल्क हेयर एण्ड मेकअप ट्रेनिङ उपलब्ध गराउने र रोजगारसमेत दिने छ । त्यसैको पूर्व तयारीका लागि बिर्तामोडमा सलून लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हेयर स्टाइलिष्ट कटवालले बताए ।

यसैबीच कटवालले एनडी इन्टेरियरको रुपमा अहिले पटना, माल्दा (पश्चिम बंगाल) तथा हेटौंडा, मकवानपुरमा इन्टेरियर गर्दै फ्रेन्चाइज नीलडेविड्स सलून स्थापनाको काम हुदैछ भने भारतकै बेंग्लोर तथा हैदराबादमा पनि नयाँ फ्रेन्चाइज थपिने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर