Aamsanchar

नेपालमा ‘वृन्दावन धाम’ धार्मिक पर्यटन क्षेत्र बनाइने 

Author Image
आइतवार, असार १०, २०८०

भक्तपुर । भक्तपुरको सूर्यविनायक –१० खड्का गाउँमा वृन्दावन धाम बन्ने भएको छ । आज स्थानीय महाकालेश्वर तथा राधाकृष्ण मन्दिरमा भएको एक कार्यक्रममा मन्दिर क्षेत्रलाई वृन्दावन धाम बनाउने घोषणा गरिएको हो । भक्तिपथ फाउन्डेसन संस्था नेपाल र सूर्यविनायक नगरपालिका बीचको सहकार्यमा बन्ने उक्त धामले धार्मिक पर्यटकको आगमन बढाउने पालिकाको विश्वास छ ।

आज बिहान सम्पन्न कार्यक्रममा फाउन्डेसनका संरक्षक आचार्य श्री शीतल कृष्णजी महाराजलाई नगर प्रमुख वासुदेव थापाले महाकालेश्वर तथा राधाकृष्ण मन्दिरको पिठाधीश नियुक्त गर्दै अभिनन्दन गरे । नगर प्रमुख थापाले कृष्णजी महाराजलाई मन्दिरको पिठाधीश को जिम्मेवारी सुम्पिँदै खुसी व्यक्त गरे । उनले भने ‘वृन्दावन धामले सूर्यविनायकमा पर्यटकीय चहलपहल बढाउनेमा हामी विश्वस्त छौँ । यहाँसम्म आउन आवश्यक पूर्वाधार निर्माण गर्ने हामी आजैबाट काम थाल्नै छौँ ।’

यता कृष्णजी महाराजले पनि पालिकासँग सहकार्य गरेर धार्मिक क्षेत्रको विकास गर्न पाउँदा खुसी व्यक्त गरे । ‘नगर प्रमुखज्यूले गरौँ भनेपछि हुन्छ भने । उहाँहरूले यो क्षेत्रको विकास गर्नुहुन्छ, म खुब प्रचार गर्ने छु ।’

कार्यक्रममा शीतल कृष्णजी महाराज र नगर प्रमुख थापासहित उपप्रमुख सरिता तिम्सिना, वडा नम्बर १० का अध्यक्ष शिवराम राउत लगायत चार धामबाट फर्किएका तीर्थ यात्रीको उपस्थिति थियो । तीर्थ यात्रीले कार्यक्रममा उपस्थितहरूलाई तीर्थ भोज गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
15
+1
3
+1
1
+1
0
+1
1
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१