Aamsanchar

पाँच लाख नहुदाँ हल्दीबारीका एक क्यान्सर पीडितको उपचार रोकियो

Author Image
आइतवार, असार १७, २०८०

आर्थिक सहयोग अपिलका लागि आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम । 

बिर्तामोड । झापा हल्दीबारी गाउँपालिका–२ का सावित्री तामाङ र उनका श्रीमान इन्द्रबहादुर तामाङको दैनिकी विगत एक वर्ष देखि रोएरै बित्ने गरेको छ ।
एक मात्र सन्तान ३८ वर्षीय छोरा सुशील तामाङ क्यान्सर रोग बाट पीडित भएपछि आमाबुवाको जीवन रोदनमय बनेको हो ।

चेकजाँचका क्रममा पहिलो चरणमै क्यान्सर रोग लागेको पत्ता लागे पछि छोरालाई बचाउन आफ्नो भएको सम्पूर्ण घन १२ लाख रुपैयाँ छोराको उपचारमा खर्चिइसकेका यि दम्पती अब छोराको बाँकी उपचार कसरी गर्ने भनेर आर्थिक सङ्कटमा परेका छन् ।

क्रमश आमा सावित्री तामाङ क्यान्सर पीडित छोरा सुशील तामाङ र बुवा इन्द्रबहादुर तामाङ ।

१० धुर जमिनमा बनाइएको सानो कच्ची घर मात्र उनीहरु सँग अब बाँकी छ । जीवनको उत्तरार्धमा छोराले पालन पोषण गर्ला भनेर आशाको जिन्दगी बाँच्दै आएका तामाङ दम्पती छोराको पूर्ण रुपमा उपचार गर्न आर्थिक सहयोग मागी रहेका छन् । अब ५ लाख रुपैयाँ उपचार खर्चमा लाग्ने र सुशील तामाङ क्यान्सर मुक्त हुने भरोसा डाक्टरले दिलाए पछि तामाङ दम्पती छोरा बाच्ने आशमा रहेका छन् । तर उनीहरूको आशाको लागि समाज भरोसा बन्नु पर्ने भएको छ ।
थोरै थोरै सहयोग धेरै जनाले गरिदिए छोराको उपचार हुने आमा सावित्रीले सहयोगको अपील गरेकी छन् ।

तामाङ दम्पतीको हारगुहार थाहा पाएर गंगामाया नरमाया बस्नेत क्यान्सर पीडित सहयोग संस्था बिर्तामोड झापाले सहयोग रकम सङ्कलनमा साथ दिने भएको छ ।

५ जनाको टिम बनाएर १ हप्ता सम्म निरन्तर सहयोग सङ्कलनको लागि गाउँ शहरमा निस्कने तयारी गरेको संस्थाका अध्यक्ष भुपाल बस्नेतले बताए । संस्थाको तर्फबाट शनिवार बिरामी तामाङको घरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर सहयोग अभियानमा जुट्ने अध्यक्ष बस्नेतले प्रतिवद्धता जनाएका छन् ।

उपचार खर्च जुटाउन नसकेर विक्षिप्त बनेकी आमा सावित्री । 

रोजगारीका लागि विगत पाँच वर्ष देखि भारतको गुजरातस्थित एक होटलमा काम गर्दै आएका सुशील क्यान्सर रोग लागेको पत्ता लागेपछि स्वदेश फर्किएका छन् ।
“शुरुमा छातिमा गाँठो देखियो, अलि अलि दुखिरहेको थियो”, पीडितले भने, “सामान्य बेला बेलामा औषधि खाँदा ठिक हुन्थ्यो, पछि धेरै दुख्न थालेपछि चेकजाँच गर्दा छातीको क्यान्सर भएको थाहा पाएँ ।” भारतमा उपचार गर्न सक्ने अवस्था नभएपछि बुबासँग नेपाल फर्किएको उनले सुनाए ।

नेपाल फर्किएर पुनः झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा परीक्षण गर्दा यहाँका चिकित्सकले समेत क्यान्सर नै रहेको बताएको सुशीलकी आमा सावित्री तामाङले बताइन । “डाक्टरले केमो दिनुपर्छ भनेपछि १२ वटा केमो चढायौं”, उनले भनिने, “ऋण पान गरेर १२ लाख जति खर्च भयो ।”

पीडित तामाङ परिवारको घर । 

उपचारमा संलग्न डाक्टरले छोराको स्वास्थ्यमा सुधार देखिएको र आत्तिनुपर्ने अवस्था नरहेको आमा सावित्रीले बताइन । थप उपचारका लागि सिटी स्क्यान, थेरापी लगायत गर्न अझै पाँच लाख लाग्ने उनको भनाई छ । “भएको सबै सकियो, अब उपाय केही छैन”, गहभरि आँसु झार्दै उनले भनिन, “मेरो छोराको जीवन बचाइदिन सहयोगको अपिल गर्छु ।”

हल्दीबारी गाउँपालिका–२ का वडाध्यक्ष सुकलाल राजवंशीले वडा र गाउँपालिकाबाट क्यान्सरपीडित युवा सुशीलको उपचारका लागि सहयोग गरिएको बताए । उनले भने ‘गाउँपालिकाबाट प्राप्त सहयोग पर्याप्त नभएकाले सबैको सहयोग जरुरी रहेको छ ।’ “समाज र स्थानीय सरकार मिलेर सुशीललाई बचाउनु पर्छ”, उनले भने ।

सुशील तामाङलाई आर्थिक सहयोग गर्न चाहने सहयोगी मनहरूले उनको आमा सावित्रीको सिटिजन बैंकको हल्दीबारी शाखाको खाता नं। ०६३०१००००४४१५०४१ मा रकम जम्मा गर्न सक्नेछन् भने मोबाइल नम्बर ९८१३५५९९४७ मा सम्पर्क गरेर सहयोग गर्न सकिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)