Aamsanchar

महिला मुक्ति अभियानले तयार पार्यो झापामा ८५ जना नयाँ ब्युटिसियन 

Author Image
सोमवार, असार १८, २०८०

बिर्तामोड । महिला मुक्ति अभियान झापा र युनिक मोडन ब्युटी पार्लर को संयुक्त आयोजनामा ८५ जनाले निशुल्क ब्युटी पार्लर सम्बन्धी  तालिम लिएका छन् ।
झापा भरिका ८५ जना युवतीहरू उक्त तालिम बाट लाभान्वित भएका हुन् ।

पहिलो चरणमा बेसिक कोर्स अन्तर्गतको ३ महिने सिकाइ भएको युनिका मोडर्न ब्युटी पार्लर की सञ्चालक धनु कन्दङ्वा ले बताइन्।

३ महिनाको सिकाइ अवधिमा प्रशिक्षार्थीहरूलाई प्रयोगात्मक साथै सैद्धान्तिक ज्ञान सहित लिखित परीक्षा समेत लिइएको महिला मुक्ति अभियान झापा की अध्यक्ष राधा सुब्बाले बताइन् ।
गत वैशाखबाट सुरु भएको उक्त तालिम आज एक औपचारिक  कार्यक्रमका बीच समापन भएको हो ।

समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईँले सिकेका कुरालाई व्यवहार उतार्न सहभागीहरूलाई आग्रह गरेकी छन् । ।महिला सशक्तीकरणको पहिलो शर्त आर्थिक उपार्जन रहेको बताउँदै प्रसाईँले सहभागीहरूलाई व्यवसायी बन्न प्रोत्साहित गरेकी थिइन ।

यसै गरी बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष रोहित प्रसाईँले बेसिक कोर्स पछिको एडभान्स ब्युटी पार्लर कोर्ष सञ्चालनका लागि वडा र नगरले सहयोग गर्ने बताए । सबै सहभागीहरूलाई सीपमा आत्मनिर्भर हुँदै, सिकेको सीप स्वदेश मै खर्चिन उनले आग्रह गरे । विदेश नै गए पनि यस्ता सीप सिकेर जाँदा केही सहज हुने उनको सुझाव छ ।

महिलाहरूलाई सीप सिकाइ आत्मनिर्भर बनाउने महिला मुक्ति अभियान झापा र युनिक मोडर्न ब्युटी पार्लरको यो प्रयासको , कार्यक्रममा उपस्थित विभिन्न महिला संघ संस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू साथै सहभागीहरूले मन्तव्यको क्रममा प्रशंसा गरेका थिए ।

यसैगरी तालिमका प्रशिक्षार्थीहरू दुर्गा चोम्बाङ, दीपा चौधरी र जुनीमा सुब्बाले तालिम अत्यन्तै प्रभावकारी र सीपमूलक भएको प्रतिकृया दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर