Aamsanchar

गायक रविन तामाङको रगत र भिसेरा जाँच गरिने

Author Image
बुधवार, असार २०, २०८०

काठमाडौं । मंगलबार राति निधन भएका गायक रविन तामाङको रगत र भिसेरा जाँच गरिने भएको छ । मंगलबार राति आफ्नै कोठामा मृत अवस्थामा भेटिएका रविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीको टोलीले उनको शव परीक्षण गरेको थियो । अस्पतालले प्रहरीलाई रविनको मृत्यु मुटुको समस्याका कारण भएको जानकारी दिएको प्रहरी स्रोतको भनाइ छ । तर उनको मृत्युको अनुसन्धानलाई थप सहज बनाउन बुधबार भिसेरा र रगत परीक्षण गर्न लागिएको प्रहरीको भनाइ छ ।स्रोतका अनुसार भिसेरा परीक्षणबाट रविनले मृत्यु हुनुअघि के खाएका थिए भन्ने खुल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर