Aamsanchar

एकल महिलालाई ‘बगान’ निःशुल्क देखाइने

Author Image
बिहिवार, असार २१, २०८०

काठमाडौं – नेपाली कथानक चलचित्र ‘बगान’ एकल महिलालाई निःशुल्क देखाइने भएको छ । असार २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र एकल महिलालाई निःशुल्क देखाउने निर्देशक सरोज खनालले जानकारी दिए ।

बुधबार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक खनालले सिनेमाको कथावस्तु एकल महिलामा आधारित भएकाले उनीहरूको सम्मानमा निःशुल्क सिनेमा देखाउने निर्णय गरिएको बताए ।

चलचित्रमा करिष्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह र मिथिला शर्मालगायत कलाकारको अभिनय छ । सरोज खनालको लेखन तथा निर्देशन रहेको ‘बगान’ले एकल महिलाको संघर्षको कथा बोल्छ ।

सरोज खनालको डेब्यु निर्देशन ‘बगान’ असार २९ गते रिलिज हुँदै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर