Aamsanchar

‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्दै सजिना खनाल श्रीलंकामा

Author Image
शुक्रवार, साउन ५, २०८०

काठमाडौ : ‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलंकाको कोलम्बो गएकी छन्।

कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वल्र्ड टुरिजम’ मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहिबार त्यसतर्फ प्रस्थान गरेकी हुन्। ३५ देशको सहभागिता रहने प्रतियोगितामा सजिना नेपालको एक्लो प्रतिनिधि हुन्।

‘नेपाललाई नै प्रतिनिधित्व गर्दा उत्साह र नर्भस दुवै छु। यद्यपि मोडलिङ यात्राको क्रममा सँगालेको सिकाईलाई त्यहाँ अवश्य प्रयोग गर्ने छु’, खनालले भनिन्, ‘अन्तिम समयमा मोडलिङसँगै विभिन्न क्षेत्रका व्यक्तिले विदाई स्वरुप दिनुभएको शुभकामनाले हौसला बढेको छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधवार खनाललाई बधाई तथा सफलताको शुभकामना दिएका थिए। मन्त्री किरातीले मन्त्रालयमा भएको भेटका क्रममा उक्त प्रतियोगितामा नेपालको पर्यटन प्रचार गर्न सुझाउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए।यस्तै खनाललाई बुधबारनै खानेपानी मन्त्री महिन्द्र राय यादव भेट्दै शुभकमना दिएका थिए।  मन्त्रालयमा भएको भेटमा सजिनालाई मन्त्री यादवले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएका थिए।

नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय कार्यक्रममा जानु भनेको एउटा गौरवको विषय हो। तपाईँ जुन उदेश्यले सहभागी हुन लाग्नु भएको छ। सफलता अवश्य मिल्नेछ’ मन्त्री यादवले भने।

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वल्र्ड टुरिजम नेपाल’ उपाधिसहित उनलाई उक्त प्रतियोगितामा पठाएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर