Aamsanchar

झापाको दमकमा मिस्टर एण्ड मिस पूर्वाञ्चल विश्वकर्मा प्रतियोगिता हुने 

Author Image
शुक्रवार, साउन ५, २०८०

बिर्तामोड । विश्वकर्मा समुदायका किशोर किशोरीलाई अवसर प्रदान गर्ने उद्देश्यले झापाको दमकमा मिस्टर एण्ड मिस पूर्वाञ्चल विश्वकर्मा प्रतियोगिताको आयोजना हुने भएको छ ।

कला साहित्य र मनोरञ्जन सम्बन्धी विभिन्न कार्यक्रम उत्पादन र सञ्चालन गर्दै आएको बि ब्रोस इन्टरटेनमेन्ट पूर्वका १४ जिल्लाबाट सहभागिता हुनसक्ने गरि प्रतियोगिता आयोजना गर्ने आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा आयोजक संस्थाका अध्यक्ष सञ्जय विश्वकर्माले बताए ।

भदौं १० गतेबाट तालिम प्रदान गरिने र फिनाले भदौ २६ गते दमकमा आयोजना गरिने सञ्जयले जानकारी दिए ।  उनका अनुसार प्रतियोगितामा विश्वकर्मा समुदायका १६ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवा तथा युवतीले सहभागिता जनाउन सक्ने छन् ।

प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा गरेको र इच्छुकले आजैदेखि अनलाइन मार्फत फारम भर्न सक्ने संस्थाका क्षेत्रिय निर्देशक राज दियाली बताए ।

प्रदेश फिनालेबाट छनौट भएका प्रतियोगीले सन् २०२४ मा काठमाडौँमा हुने ग्रान्ड फिनालेमा सहभागिता जनाउन सक्ने जनाइएको छ । पूर्वाञ्चल मिस्टर तथा मिस हुनेलाई नगदसहित आकर्षक गिफ्ट हेम्पर तथा म्युजिक भिडियो र मोडलिङमा सहभागी गराइने बताइएको छ ।

कार्यक्रममा प्रदेश कोअर्डिनेटर रितेश लाम्गादे, सरू गदाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सञ्चारकर्मी गोविन्द ल्वागुनले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर