Aamsanchar

कोशीमा आधा-आधा कार्यकाल सरकार चलाउन एमाले–कांग्रेसलाई राप्रपाको सुझाव

Author Image
मङ्गलवार, साउन १६, २०८०


विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार निर्माण प्रक्रियामा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो नहरेको बताएका छन्।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित काठमाडौंबाट एउटै प्लेनमा विराटनगर एयरपोर्ट आइपुगेका अध्यक्ष लिङ्देनले सरकार निर्माण प्रक्रियामा राप्रपालाई कुनै चासो नभएको र काँग्रेस र एमाले मिलेर सरकार चलाउन सुझाव दिएको बताएका हुन्।

एमाले नेता हिक्मतकुमार कार्कीलाई समेत उक्त कुरा भनेको बताउँदै उनले भने, ‘तपाईंहरूले ल्याएको व्यवस्था हो। काँग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको छु।’

कोशी प्रदेशमा सरकार निर्माणमा निर्णय हुने अन्तिम अवस्थामा मात्रै आफूहरूले केही निर्णय गर्नसक्ने बताउँदै कोशी प्रदेशमा काँग्रेस र एमाले अलगअलग बस्दा मात्रै आफूहरू निर्णायक रहेको उल्लेख गरे।

‘संविधानको धारा १६८ को उपधाराहरूको प्रयोग गर्दै जाँदा अन्तिम चरणमा निर्णायक हिसाबले प्रस्तुत हुन सकिन्छ,’ उनले भने।

लिङ्देनले संविधानतः एक महिनाअघि नै प्रधानन्यायाधीश तय गरिसक्नु पर्ने व्यवस्था भए पनि दलहरूको भागबण्डाले संविधानविपरीतका काम भइरहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर