Aamsanchar

सांसदहरूलाई प्रधानमन्त्रीकाे निर्देशन : सदनमा प्रभावकारी भूमिका निर्वाह गर्नु

Author Image
सोमवार, साउन २२, २०८०

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

सोमबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा  प्रधानमन्त्री प्रचण्डले यस्ताे निर्देशन दिएका हुन्। प्रतिनिधिसभामा देखिएको अवरोध हटाउन सभामुखले दलका नेताहरूसँग छलफल गरिरहेकाले निकाश निस्किनेमा आफूहरू विश्वस्त रहेको प्रमुख सचेतक हितराज पाण्डे बताए।

‘प्रधानमन्त्रीले संघीय संसदमा सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो। साथै संसदीय समितिका सभापति चयनका बारेमा समेत बिफिङ गर्नुभयो। संसद खुलाउन प्रमुख प्रतिपक्ष दलका नेतासहित अन्य दलका नेतासँग छलफल गरेर ठोस निष्कर्ष निकालिन्छ र संसद अवरोध हट्छ भन्ने हामीलाई विश्वास छ,  उनले भने। ’

सरकारले देशभर सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने समस्या रहेकाले आवश्यक अनुसन्धान गर्ने भएको छ। ​ललिता निवास उपत्यकाको विषय भए पनि देशभर सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने समस्या रहेकाले अनुसन्धान अगाडि बढाइने  प्रधानमन्त्री प्रचण्डले बताएका हुन्।

‘नक्कली भुटानी, ललितानिवास होस। अझ ललिता निवास उपत्यकाको विषय भयो। देशभरी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने थुप्रै समस्याहरू छन्। यी सबैलाई हामी सुशासनको अभियानसँग जोड्छौं भन्नुएको छ,’ प्रचण्डको भनाई उद्धृत गर्दै प्रमुख सचेतक पाण्डेले भने।

त्यसो भए पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही हुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘कोही पनि दोषी छोडिँदैन। निर्दोषलाई कारबाही गरिदैन।’

दलको बैठकमा संसदीय समितिको सभापति चयनका लागि सत्ता र प्रतिपक्षका शीर्ष नेताहरूसँग छलफल गरेर ठोस निचोड निकाल्ने विषयमा समेत छलफल भएको छ।

बैठकमा सरकारका तर्फबाट उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा ऐन, निजामती कर्मचारी ऐन र प्रहरी ऐनसँग सम्बन्धि विधेयकहरू दर्ता गर्ने र त्यसका लागि सरकार लागिरहेको जानकारी गराएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
/>
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर