



दाङ – दाङको घोराहीमा एक युवकलाई धारिलो हतियार प्रहार गरी फरार भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएकाे साउन १० गते घोराही उपमहानगरपालिका-१८ शङ्खेपिपल नजिक घोराही-१३ लाहुरेडाँडाका १८ वर्षीय छोरा तीर्थबहादुर पुनलाई ६ जनाकाे समूहले धारिलाे हतियार प्रहार गरी घाइते बनाएका थिए ।
घटनामा संलग्न भइ फरार रहेका ६ जना आरोपितलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

गम्भीर घाइते भएका पुनलाई राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवामा रिफर भएको थियो । पुनको अहिले भैरहवा अस्पतालमा उपचार भैरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
1
Views: 85