Aamsanchar

सांसद शर्मालाई थुना मुक्त गर्न आदेश, अन्यको हकमा भने म्याद थप

Author Image
शुक्रवार, साउन २६, २०८०

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले सांसद सुनिलकुमार शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। आज म्याद थप गर्न अदालतमा पेश गरिएकामा जिल्ला न्यायाधीश  दन्डपाणी शर्माको आदेशले थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।

अन्य पक्राउ परेकाको हकमा भने म्याद थप भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले उनीहरूलाई हिजो बिहीबार पक्राउ गरेको थियो । अन्य  पाँच जना चिकित्सकलाई म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको छ । दुई जनालाई पाँच र तीन जनालाई सात दिनको म्याद थप भएको पनि सिआइबीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर