Aamsanchar

गुजरातमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु

Author Image
शनिवार, साउन २७, २०८०

नयाँ दिल्ली – भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु  भएको छ । अरू १३ जना घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

राज्यको अहमदाबाद जिल्लाको बाभला–बगोदरा राजमार्गमा यात्रीवाहक गाडी रोकिराखेको ट्रकसँग ठोक्किएपछि सो दुर्घटना भएको हो ।

यात्री नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैयाँ र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । सिन्ह्वा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर