Aamsanchar

यौन दुर्व्यवहारको उजुरीपछि मिस युनिभर्सले तोड्यो इन्डोनेशियासँगको सम्बन्ध

Author Image
सोमवार, साउन २९, २०८०

काठमाडौं :  मिस युनिभर्स इन्डोनेशियाको प्रतिस्पर्धाका क्रममा यौन दुर्व्यवहारको  उजुरीपछि मिस युनिभर्स अर्गनाइजेसन (एमयूओ)ले इन्डोनेशियासँगको सम्बन्ध तोडेको छ।

मेरिकामा मुख्यालय रहेको एमयूओले इन्डोनेशियाको फ्रेन्चाइजले  गुणस्तर, नैतिकता र अपेक्षा कायम राख्न नसेकको भन्दै सम्बन्ध तोडेको बताएको हो।

एमयूओका अनुसार यो वर्ष मलेसियामा हुने प्रतियोगिता पनि रद्द गरिएको छ। मलेसियामा समेत उही कम्पनी पीटी कापेल्ला स्वस्तिका कार्याले फ्रेन्चाइज लिएको थियो।

एमयूओले यौन दुर्व्यवहारबारे उजुरी दिने प्रतिस्पर्धीलाई धन्यवाद पनि दिएको छ। आफूहरूले महिलाको सुरक्षालाई सधैँ प्राथमिकतामा राख्ने सो संगठनले जनाएको छ। यो घटनाबारे जाकार्ता पुलिसले अनुसन्धान गरिरहेको छ।

इन्डोनेशियामा मिस युनिभर्स प्रतियोगिताका आयोजकले यौन उत्पीडन गरेको भन्दै कतिपय प्रतिस्पर्धीले प्रहरीमा उजुरी दर्ता गरेका थिए।  आयोजकले फाइनलको दुई दिनअघि प्रतिस्पर्धीको शरीर जाँच र फोटोग्राफीका लागि भन्दै कपडा खोल्न लगाएका थिए। उनीहरुको शरीरमा घाउ वा ट्याटु भए–नभएको जाँच्नुपर्ने बताएका थिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर