Aamsanchar

गण्डक ब्यारेजको पनि सबै ढोका खोलियाे

Author Image
सोमवार, साउन २९, २०८०

काठमाण्डाै – नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको पनि सबै ढोका खोलिएको छ।

ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ३६ वटै ढोका खोलिएको नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ब्यारेजमा अहिले २ लाख ८३ हजार क्युसेक पानी प्रवाह भइरहेको छ ।

गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)