Aamsanchar

‘क्विन्टल सुन’ आज पगालिने

Author Image
सोमवार, साउन २९, २०८०

काठमाडौं – राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको ‘क्विन्टल सुन’ आज पगालिने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागका टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार अहिले प्रतिनिधिहरू पनि उपस्थिति भइसकेका छन् ।

उनका अनुसार सुन गाल्न नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको प्रतिनिधि, राजस्व अनुसन्धान विभागका प्रतिनिधि, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महाशाखाका प्रतिनिधि रहने छन् । अब आधा घण्टापछि गाल्ने आचार्यले बताए । विभागले बरामद गरेको सुन टक्सार महाशाखामा सिल गरेर राखेको छ । आठवटा काटुनमा रहेको ‘ब्रेक सु’ सहितको सुनको तौल १५५ केजी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर