Aamsanchar

झापा नाटक घरको लागि आर्थिक सहयोग जुटाउन कलाकारको टोली काठमाडौंको विभिन्न ठाउँमा  

Author Image
सोमवार, साउन २९, २०८०

झापा । झापाको बिर्तामोडमा निर्माण भइरहेको  बहुजाति बहुभाषी बहु सांस्कृतिक सङ्ग्राहालय सहितको झापा नाटक घर निर्माण कार्यका कलाकारहरू एक थान इँटा माग्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली निवास बालकोट पुगेका छन्  ।

क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका परिकल्पनाकार माधव कल्पितको टोलीले ओली समक्ष अधुरो झापा नाटक घर को पूर्णताका लागि आवश्यक १ करोड को प्रस्तावना बुझाउदै रकम जुटाइ दिन कलाकारको टोलीले ओली समक्ष माग राखेका छन् ।
आम नागरिक समाज सँग सडकमा एक थान इट्टा  देखि  १ धुर सम्मको भूमि दान सहयोग समर्पण कार्यबाट  विगत केही  वर्ष अघि सुरु गरिएको  अभियान  अहिले थोरै रकम अभावका कारण पूर्णता पाउन नसके पछि सबै सँग सहयोगको अपेक्षा राख्दै  आफूहरू राजधानी आइ पुगेको क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष साथै  झापा नाटक घरका परिकल्पनाकार अभियन्ता  माधव कल्पितले आमसंचारलाई बताए ।

पूर्व प्रधानमन्त्री ओली सँग भेट पछि करिव ३० मिनेट भएको साक्षात्कारमा ‘कला साहित्य र संस्कृति संरक्षणमा तपाईँहरूले जिल्ला स्तरमा रहेर पनि उल्लेख योगदान पुर्याउनु भएको छ । हामी तपाईँहरूले गर्नु भएको इतिहासको कार्यको मुक्त कण्ठले प्रशंसा गर्ने मात्रै हैन मलाई बुँदागत तपाईँहरूका आवश्यक माग राख्नु मैले के गर्नु पर्छ म बाट के अपेक्षा राखेर यहाँ सम्म आउनु भयो म तपाईँहरूका माग र चाहना पूरा गर्ने प्रतिबद्ध हुने छु ।’ ओलीले प्रस्तावना बुझ्दै कलाकारहरूलाई सम्बोधन गरेको कुरा प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्ष सुजना खतिवडाले जानकारी दिएकी छन् ।
कोशी प्रदेश भित्र बसोबास गर्ने सबै जात जाती तथा भाषाभाषी को सामूहिक अपनत्व कायम हुने गरि निर्माण हुन लागेको बहुजातीय सांस्कृतिक सङ्ग्रहालय सहितको झापा नाटक घर निर्माण कार्य मध्ये पहिलो चरणमा २ करोड ५० लाखको नाट्य कला मन्दिर र सो सम्पन्न पश्चात्  २५ अर्बको बहुजाति बहुभाषी बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने ऐतिहासिक अभियान बोकेर हिँडेको नाट्य प्रतिष्ठानले अहिले एक थान इँटा अभियान बाट २ करोडको भवन निर्माण गरिसकेको तथा १ धुर भूमि दानबाट प्रतिष्ठानको नाममा हाल सम्म १ सय ४५ धुर जमिन जुटी सकेको अभियन्ता कल्पितले  बताए ।

५० लाख रकम अभावका कारण नाटक घर निर्माण कार्यले पूर्णता पाउन नसकी अलपत्र परेको छ । हामीले चाहेर पनि नाटक मञ्चन गर्न नसकेको  अवस्थामा संघीय सरकार को समेत ध्यानाकर्षण होस भन्ने उद्देश्य बोकेर सिंगो कलाकारको टोली राजधानी आएको हो ।  सो भेटमा बागमती प्रदेशका पूर्व मुख्य मन्त्री डोर प्रसाद अर्याल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की को समेत उपस्थिति रहेको थियो  । झापा नाटक घरको प्रारम्भ देखिनै आफू नजिक भएर सहयोग पुर्याएको र अब आउने दिनमा पनि आफ्नो तर्फबाट उल्लेख्य सहयोग रहने पूर्व मुख्य मन्त्री  हिक्मत कार्कीले आश्वासन दिएको बताइएको छ ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पित उपाध्यक्ष सुजना खतिवडा, कोषाध्यक्ष मुना प्रसाईं सल्लाहकार डिल्लीराम सिटौला, संरक्षक माया सिटौला, नृत्य विभाग प्रमुख सविता रेग्मीलगायतको टोली एक इँटा अभियान लिएर १ हप्ता अघि राजधानी पुगेको हो ।

नाटक घर को  पूर्णता पश्चात २५ अर्बको सुविधा सम्पन्न बहुजाति बहुभाषी बहुसांस्कृतिक सङ्ग्रहालय  निर्माण गर्ने लक्ष्य रहेको नाट्य प्रतिष्ठान अहिले कलामन्दिर अधुरो भएर रकम अभावका कारण सञ्चालनमा आउन नसके पछि एक इँटा अभियान लिएर राजधानी पुगेको  केन्द्रीय कोषाध्यक्ष मुना प्रसाईँले जानकारी दिइन ।
संघीय सरकार तथा सबै राजनीतिक दलका प्रमुखहरू सँग भेट गरि १ थान इँटा माग्न प्रस्थावना सहित आएको समुहले मंगलबार इन्द्रेणी समाज समक्ष पुग्यो  । इन्द्रेणी समाजका प्रमुख कृष्ण कँडेलले कलाकारहरूलाई आफ्नो कार्यक्रममा सहभागी गराइ भव्य स्वागत सम्मानका साथ नगद रु ४१ हजार प्रदान गरेको र निकट भविष्यमै झापा नाटक घरमा पुगेर विशेष कार्यक्रम को आयोजना गर्दै  १० लाख सम्म सहयोग प्रदान गर्ने घोषणा इन्द्रेणी टिमले प्रतिवद्धता जनाएको प्रतिष्ठानकी नृत्य विभाग प्रमुख सविता रेग्मीले जानकारी दिइन ।

यसै गरि कलाकारको टोली बुधबार नै प्राइम टेलिभिजनको कार्यालय पुगेर ऋषि धमलालाई भेट गर्दै  १ थान इँटा मागेको छ । टेलिभिजन को तर्फबाट उल्लेख्य सहयोग गर्ने  प्रतिबद्धता जनाउनका साथै कलाकारहरू लाई टेलिभिजन को तर्फबाट स्वागत सम्मान गरिएको थियो   । यसै गरि, उप सभामुख इन्दिरा राना मगरले बिहीबार कलाकारहरूलाई भेट दिएकी छन् ।   सोही दिन सभामुख ले समेत कलाकार टोलीलाई भेटेका थिए । अब एक इँटा अभियान सँगै ठोस रुपमा आर्थिक सहयोगको अपेक्षा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, प्रधान मन्त्री र महानगर प्रमुख बालेन्द्र शाह समक्ष भेट गर्ने कार्यक्रम रहेको कल्पित ले जानकारी दिए ।

नाटक घर पूर्णताको श्रोत सुनिश्चित गरेर मात्रै जिल्ला फर्कने अठोटमा रहेको नाट्य प्रतिष्ठानको टोली आजभोली शीर्ष नेता तथा राष्ट्र प्रमुखहरू सँग भेटघाटमा व्यस्त रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर