Aamsanchar

बुद्धशान्तिमा सखुवा जातको गोलिया काठसहित दुई जना पक्राउ

Author Image
मङ्गलवार, साउन ३०, २०८०

झापा –  ट्याक्टरमा लोड गरिएको सखुवा जातको गोलिया काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ट्याक्टर चालक बुद्धशान्ति गाउँपालिका- ४ निवासी २४ वर्षीय सविन विश्वकर्मा र ट्याक्टरमा सवार सोही ठाउँका ३६ वर्षीय धनाहाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

बुद्धशान्ति-६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनभित्र काठ चोरी तस्करी भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेको टोली तत्काल खटिएको थियो । प्रहरीले सोमबार बेलुका पौने ६ बजे वनभित्रबाटै मे १ त ६५३८ नम्बरको ट्याक्टर सखुवा जातको गोलिया काठ लोड गर्दागर्दै अवस्थामा बरामद गरिएको डीएसपी रिजालले बताए ।

ट्याक्टरमा १६ थान गोलिया अर्थात् ५८.२२ क्यु फिट काठ फेला परेको थियो । बरामद गरिएको काठ, ट्याक्टर र पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर