Aamsanchar

गोलो पोल्ने क्रममा अरिङ्गालले टोकेर एक युवाको मृ*त्यु

Author Image
मङ्गलवार, साउन ३०, २०८०

गुल्मी : गुल्मीमा अरिङ्गालले टोकेर एक युवाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

सोमबार बेलुका साथीहरूसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । उपचारका क्रममा मंगलबार बिहान जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर