Aamsanchar

आज सकिँदै मत्स्यनारायण मेला

Author Image
बुधवार, साउन ३१, २०८०

काठमाण्डौ – झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला आज सकिँदैछ ।

तर, औपचारिक समापन भने भदौ १ गते गरिने संयोजकसमेत रहनुभएका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा अहिले दैनिक हजारौँ भक्तजनको भिड लाग्ने गरेको छ ।

मत्स्यनारायण कीर्तिपुर र सतुङ्गल दुवै ठाउँबाट जान सकिन्छ । दुवैतिरबाट मत्स्यनारायण जान सार्वजनिक यातायात पाइन्छ ।

कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ सँग जोडिएको मत्स्यनारायण क्षेत्र धार्मिक रूपमा महत्त्वपूर्ण भए पनि यसको प्रचारप्रसार गरी धार्मिक पर्यटक वृद्धिको काम हुन नसकेको स्थानीयबासिन्दाको गुनासो छ ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यही ठाउँमा लिएर उहाँले वेदको रक्षा गर्नुभएको विषय विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

मत्स्य अवताररूपी भगवान् विष्णुले जलमात्र पिएर सत्यव्रत राजासहित सप्तऋषिलाई मत्स्य पुराण सुनाउनुभएको थियो भन्ने विश्वास गरिन्छ ।

अहिलेसम्म २० लाखभन्दा धेरै भक्तजनले मन्दिरमा पूजा, आराधना एवम् दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर