Aamsanchar

बिहारमा गाेली हानी एक पत्रकारको ह*त्या

Author Image
शुक्रवार, भदौ १, २०८०

नयाँ दिल्ली : भारतको बिहारको अररिया जिल्लामा हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहान घरभित्र पसेर अज्ञात मानिसहरूले गोली हानी हत्या गरेका छन् ।

गोली लागेर पत्रकारको घटनास्थलमै मृत्यु भएको थियो । सन् २०१९ मा विमलका भाइको पनि अपराधीले हत्या गरेका थिए ।

उक्त मुद्दामा विमल एक मात्र साक्षी थिए र प्राप्त जानकारी अनुसार उनलाई बयान परिवर्तन गर्न लगातार दबाब दिइँदै आएको थियो ।

अररिया एसपी अशोक कुमार सिंहले समाचार एजेन्सी पीटीआईलाई भने, ‘चार अपराधी विमल कुमार यादवको घर बाहिर आए। चिच्याएर बोलाए । बाहिर निस्कँदा अपराधीहरूले गोली हानेर भागे। उनको घटनास्थलमै मृत्यु भयो । उनको शव पोष्टमार्टमका लागि पठाइएको छ । अपराधीलाई पक्रने प्रयास भइरहेको छ ।’बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर