Aamsanchar

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वयले बयान दिए

Author Image
सोमवार, भदौ ४, २०८०

फाेटाे : बाह्रखरी

काठमाडौं – ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई बयान दिएका छन् ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार उनीहरु पनि दोषी देखिएको पाइए अनुसन्धान गर्न अदालतले बाटो खोलिदिएको थियो । सोही आधारमा दुवै पूर्वप्रधानमन्त्रीको निवासमा पुगेर बयान लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

भट्टराईसँग आइतबार बेलुका र नेपालसँग बिहान निवासमै पुगेर बयान लिइएको थियो ।  स्रोतले बयानका बारेमा भने उल्लेख गर्न चाहेन । सीआईबीका एसएसपी दिनेश आचार्यले दुवै पूर्वप्रधानमन्त्रीको बयान भएको जानकारी दिए ।
बयानपछि पूर्वप्रधानमन्त्री भट्टराईले आफूले सीआईबीलाई जानकारी दिएर कर्तव्य निर्वाह गरेको बताएका छन् ।

“ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका सत्यतथ्य जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिवद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दह्रो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु,” भट्टराईले भनेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर