



चितवन – मुग्लिङ-नारायणगढ सडकखण्डको कालिखोला नजिक पहिरो खसेर सडक अबरुद्ध बनेको छ। सोमबार राति करिब सवा ८ बजे बजे कालिखोला नजिकको सिङै डाडा सडकमा खसेको र करिव ५० मिटर सडक पुरिएकोले सवारी सुचारु हुन कम्तिमा आज दिनभर लाग्ने प्रहरीले जनाएको छ।
सडकको लामो भागमा पहिरो खसेको हुँदा सवारी साधन समेत पुरिएको हुनसक्ने आशंका गरिएको छ।
अहिले दुवैतर्फबाट पहिरो सफा गर्न स्काभेटर तयारी अवस्थामा राखिए पनि रातिको समय र माथीबाट ढुंगा खसिरहेका कारण काम सुचारु भएको छैन।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 50