Aamsanchar

खैरो जिराफ जन्मिए पछि सबैजना आश्चर्यचकित

Author Image
बुधवार, भदौ ६, २०८०

अमेरिका-  अमेरिकाको टेनेसी राज्यको एउटा चिडियाखानामा जन्मिएको जिराफको बच्चा देखेर सबैजना आश्चर्यचकित भएका छन् ।

सामान्यतया जिराफको शरीरमा धर्को अथवा थोप्लो हुन्छ तर यहाँ जन्मिएको जिराफमा एउटा पनि सेतो दाग नभएपछि सबैजना आश्चर्यमा परेका हुन् । गत जुलाई ३१ मा ब्राइट चिडियाखानामा जन्मिएको सो जिराफको रंग पूर्णतः खैरो छ । व्राइट चिडियाखानाले जारी गरेको प्रेस विज्ञप्तिमा जापानको टोकियोमा सन् १९७२ मा एउटा पनि दाग नभएको जिराफ जन्मिएको घटनापछि भएको यो पहिलोपटक हो । व्राइट चिडियाखानाले संसारभरका चिडियाखानामा यस सम्बन्धी कुरा सोधेको जनाएको छ । सो चिडियाखानाका अनुसार, उसको आनीबानी र व्यवहार पनि अरु सामान्य बच्चा जिराफको जस्तै छ । यो खैरो जिराफको समाचार अमेरिकाका सबैजसो पत्रपत्रिकाले महत्वपूर्ण घटनाका रुपमा प्रकाशित गरेका छन् ।

उसको उचाइ हाल छ फिट अग्लो भइसकेको पनि उक्त चिडियाखानाले जनाएको छ । हाल संसारभर जिराफको संख्या दिनानुदिन घट्दोक्रममा छ । त्यसैले यसलाई लोपोन्मुख जनावरका रुपमा राखिएको छ ।

फक्स समाचारले व्राइट चिडियाखानालाई उद्धृत गर्दै सो बच्चा जिराफको नाम के राख्ने भनेर सार्वजनिक आव्हान गरे अनुरुप हजारौँ मानिसले आआफ्नो सुझाव दिएका छन् । सेप्टेम्वर चार तारिखसम्म उपयुक्त नाम दिन पनि आव्हान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर