Aamsanchar

तीर्थयात्री बोकेको बस जितपुरकाे चुरियामाईमा दुर्घटना : सात जनाको मृत्यु , १९ घाइते

Author Image
बिहिवार, भदौ ७, २०८०

बारा : जितपुर सिमरा उपमहानगरपालिका–२२​ चुरियामाई नजिक भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।भारतीय तीर्थयात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुर जाँदै थियो ।

प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस राति २ बजेतिर चुरियामाई अगाडि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनामा महोत्तरी लोहारपटीका ४१ वर्षीय विजयलाल पण्डित,  भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षकी मीरादेवीको मृत्यु भएको हो

यस्तै परिचय नखुलेकी ६५ वर्षीय एक महिला, अन्दाजी ६५–७० वर्षका एक पुरुष, ५५–६० वर्ष उमेरकी एक महिला र परिचय नखुलेकी अर्की ५५–६० वर्षकी अर्की महिलाको मृत्यु भएको

बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर