Aamsanchar

बुहारीसँग अवैध सम्बन्ध राखेको आशंकामा श्रीमतीले गरिन् श्रीमानको हत्या

Author Image
आइतवार, भदौ १०, २०८०

उत्तर प्रदेशको बदायुनमा घरबाहिर सुतिरहेका एक व्यक्तिको हत्या प्रकरणमा प्रहरीले सनसनीपूर्ण खुलासा गरेको छ। प्रहरीका अनुसार मृतक पुरुषलाई उनकी आफ्नै श्रीमतीले हत्या गरेको खुलेको छ।

तेजेन्द्र नामका ती पुरुषले आफ्नै बुहारीलाई गलत नजर राख्ने गरेको र आफ्नो श्रीमानको बुहारीसँग अवैध सम्बन्ध रहेको शंका लागेपछि श्रीमतीले हत्या गरेको प्रहरीले जनाएको छ।

अगस्ट १४ गते तेजेन्द्र घरबाहिर सुतिरहेका थिए। मौकामा आफूले बञ्चरोको प्रयोग गरि घाँटी रेटेको श्रीमतीले कबुल गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। त्यसपछि महिलालाई जेल पठाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)