Aamsanchar

एक वृद्धा घर नजिकै झुण्डिएको अवस्थामा फेला

Author Image
बुधवार, भदौ १३, २०८०

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा एक वृद्धा झुण्डिएको अवस्थामा फेला परेका छन् । वडा नम्बर ८ मौरी बस्ने जस्मादेवी कुँवर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार रामबहादुर कुंवरका८३ वर्षकी आमा जस्मादेवि घर नजिकै झुण्डिएको अवस्थामा फेला परेको बताए ।

झुण्डिएको अवस्थामा फेला परेकी कुँवरको मानसिक अवस्थामा पनि समस्या रहेको प्रहरीले जनाएको छ । कुँवरलाई अहिले पोष्टमार्टम लागि जोगबुडा अस्पताल लगिएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर