Aamsanchar

विवाहबन्धनमा बाँधिइन् निरुता सिंह

Author Image
शनिवार, भदौ १६, २०८०

काठमाडौं – नेपाल चलचित्रकी अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । भारतको मुम्बईका सञ्जीव गुलाटीसँग उनी विवाहबन्धनमा बाँधिएकी हुन् ।

गएको बिहीबार (अगस्ट ३१) आफूले विवाह गरेको उनले बताएकी छन् । शनिबार सामाजिक सञ्जालमार्फत निरुताले आफू र श्रीमान्को तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी गराएकी छन् ।

आफूले सबैबाट माया र आशीर्वादको अपेक्षा गरेको उनले उल्लेख गरेकी छन् । आफन्त, परिवार, छरछिमेक, साथीभाइसित भेट गर्न र आशीर्वाद लिन चाँडै नेपाल आउने पनि उनले बताएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर