Aamsanchar

आज पाकिस्तान र बंगलादेश खेल्दै

Author Image
बुधवार, भदौ २०, २०८०

काठमाण्डौ – एसिया कप क्रिकेटमा आजदेखि सुपर फोरका खेल शुरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश खेल्दैछन् । यो खेल लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि शुरु हुनेछ ।

समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् ।

हिजो भएको रोमाञ्चक खेलमा अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा पुग्यो । एसिया कपमा सहभागी ६ टोलीमध्ये नेपाल र अफगानिस्तान समूह चरणबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर