Aamsanchar

मातृत्व र पितृत्व ठेगान नभएका ६३  वर्षीय पुरुषलाई नागरिकता प्रदान

Author Image
बुधवार, भदौ २०, २०८०

गुल्मी : गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३  वर्षीय पुरुषलाई नागरिकता प्रदान गरिएको छ। हालसम्म मातृत्व र पितृत्व नखुलेका रेसुङ्गा नगरपालिका– ९ को चारीखोलामा बस्दै आएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गरेको छ।

वडाको सिफारिस र स्थानीयको आग्रहको आधारमा नेपालीलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

लामो समयदेखि चारीखोलामा पार्वती नेपालीको संरक्षणमा बस्दै आएका बलबहादुरलाई पार्वती संरक्षक कायम गरी नागरिकता प्रदान गरिएको गैरेले बतए ।

राम्रोसँग बोल्न नसक्ने र गोडाले राम्रोसँग टेक्न नसक्ने बलबहादुरले नागरिकता प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै कार्य अगाडि बढाउने रेसुङ्गा– ९ का वडा अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय गुल्मीले अपांगता भएका र जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्राप्त गर्न आउन नसक्नेका लागि घरमै गएर पनि नागरिकता प्रदान गर्दै आएको छ।

सरकारको अनुभूति प्रदान गर्नका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरेको  र त्यस्ता समस्या भएकालाई आगामी दिनमा पनि  घरमै सेवा प्रवाह गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर