Aamsanchar

विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले धनकुटामा १८ करोडको विद्युत् बक्यौता उठाउन बाँकी

Author Image
बुधवार, भदौ २०, २०८०

धनकुटा : नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले १७ करोड ९१ लाख ७२ हजार ४४७ रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ।

औद्योगिकतर्फ १४ करोड ४९ लाख ९३ हजार ९ रुपैयाँ, सरकारी कार्यालयको १ करोड ३८ लाख १४ हजार ८१ रुपैयाँ, घरेलु प्रायोजनको १ करोड २८ लाख २९ हजार ९९१ रुपैयाँ, खानेपानी पम्पिङको ६८ लाख १९ हजार २८७ रुपैयाँ र आन्तरिक उपभोगको ४० लाख ५९ हजार ५४५ रुपैयाँ रहेको विद्युत् प्राधिकरण धनकुटाले जनाएको छ।

यसैगरी व्यावसयिकतर्फको २५ लाख १३ हजार ९५५ रुपैयाँ, मनोरञ्जनतर्फको ५६ हजार ८१५ रुपैयाँ, गैरघरेलुको २७ हजार ३५० रुपैयाँ, धार्मिक तथा सांस्कृतिकको १३ हजार ३८८ रुपैयाँ र अस्थायी आपूर्तिको ४ हजार ६०३ रुपैयाँ रहेको विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख प्रह्लाद पोख्रेलले जानकारी दिए।

धनकुटास्थित निगाले सिमेन्ट उद्योग प्रालिको १५ करोड ७७ लाख २ हजार ५२९ रुपैयाँ रहेको छ । गोकुण्डेश्वर बालमन्दिर माविको ६१ हजार १ सय, जिविस भवन भेडेटारको ४० हजार २७२, जिविस क्वाटरको ३२ हजार २६७, यातायात व्यवस्था सेवा कार्यालय धनकुटाको ३० हजार ४८७,  पुलिस स्टेशन मुढेबासको २४ हजार ९४ र शिक्षा विकास निर्देशनालयको २१ हजार ३६२ रहेको छ।

यसैगरी इलाका हुलाक कार्यालय धनकुटाको २० हजार ६, प्रजिअ आवासको १८ हजार १ सय ७५, आँखिसल्ला स्वास्थ्य चौकीको १८ हजार १४, प्रहरी चौकी छ नं. बुधबारको १६ हजार ६३४, जिविस भ्यूटावर भेडेटारको १५ हजार ५१, जाल्पादेखि प्राविको १४ हजार ८५ र सिद्ध ठाकुर आधारभूत विद्यालयको १२ हजार ८ रुपैयाँ बक्यौता रहेको प्रमुख पोख्रेलले जानकारी दिए।

उद्योगसहित विद्युत् बक्यौता नतिर्नेलाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको प्राधिकरणले जनाएको छ। निगाले सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर