Aamsanchar

के हुन्छ कारबाही कार्यालयमा अश्लिल हर्कत गर्ने प्रशासकीय र लेखा अधिकृतलाई ?

Author Image
बुधवार, भदौ २०, २०८०

इलाम : इलामको माईजोगमाई गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी)बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएपछि बैठक बोलाएको छ।

गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेबेले उक्त विषयबारे बिहिबार बैठक बोलाएको जानकारी दिए। उनका अनुसार भोलि(बिहिबार) गाउँपालिकाको बैठक बस्ने छ र उक्त बैठकले दुई अधिकृतमाथि कस्ताे खालकाे कारबाही गर्ने भन्नेमा निर्णय गर्ने छ।

उनले भने,‘भिडियोले सबै बोलेको छ,आज सार्वजनिक विदा भएकाले भोलि गाउँपालिका बैठक बस्दै छौँ,त्यसपछि कारबाही निर्णय हुन्छ।’ उनले निजामति सेवा ऐन,प्रदेश ऐनलगायतअनुसार उनीहरूलाई कानुनी कारबाही गर्ने जानकारी दिए।

मंगलबार प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतबीचको अश्लिल भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियोमा प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्बन गर्ने लगायतका काम गरेको देखिन्छ। यो भिडियो यतिखेर भाइरल भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर