



प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पर्यटक आगमन हुन थालेपछि यात्रा सुरक्षित र सहज होस् भन्ने उद्देश्यले अनुगमन गरिएको बताए । हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले पर्यटकले सचेतता अपनाउनुपर्ने उनले बताए।
“विशेष गरी पर्यटक आउँदा बाटो राम्रो बनाउनुपर्छ भन्ने हेतुले अनुगमन गरिएको हो, एक पटक आएका पर्यटकलाई फेरि पनि लोभ्याउने गरी बाटो सुरक्षित बनाउनु आवश्यक छ, बाटो सुरक्षित तवरबाट पार गर्न सहजीकरण गर्न एक्यापलाई आग्रह गरेका छौँ”, उनले भ, “पर्यटकको स्वास्थ्यमा समस्या आएमा तुरुन्त खबर गर्नका लागि दूरसञ्चार सेवाको सहज पहुँच बनाउन समन्वय गर्नुपर्ने देखिएको छ, यसको प्रवाह सहज बनाउने प्रयासमा छौँ ।”
तिलिचो ताल क्षेत्रबाट प्राकृतिक दृश्यावलोकनका लागि बस्ने स्थान निर्माण गर्नुपर्ने देखिएको उनले बताए । हिमपात नभएको अवस्थामा ढुङ्गा राखे बस्न सकिन्छ भने हिउँ भएको अवस्थामा बस्ने स्थान निर्माण गरी पर्यटकलाई सहज बनाउने ढङ्गले व्यवस्थापन गर्न एक्यापलाई सुझाव दिएको उनले बताए। पछिल्लो समय मनाङको थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ ।