


मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

विराटनगर । संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेबाट हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्री पदको शपथग्रहण लिएका छन् । कार्कीलाई कोशी प्रदेश प्रमुख परशुराम कार्कीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शपथग्रहण गरेपछि मुख्यमन्त्री कार्कीले पाँच सदस्य मन्त्रिपरिषद् गठन गरेका छन।
एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् ।

सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् ।
बिहीबार सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 67