Aamsanchar

मोरक्कोमा शक्तिशाली भूकम्प : ज्यान जानेकाे संख्या ६ सय ६२ पुग्यो

Author Image
शनिवार, भदौ २३, २०८०

काठमाण्डौ – मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण साढे ६ सय जना भन्दा धेरैको ज्यान गएको छ ।

रातिको समयमा ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म ६ सय ६२ जनाको ज्यान गएको छ ।

सात सय जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । धेरै भवनको भग्नावशेषमा मान्छे पुरिएको शंका छ ।

रातको समय भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । केही गाउँ नै ध्वस्त भएका र त्यहाँ उज्यालो भएपछि मात्रै उद्धारकर्ता पुग्ने अधिकारीले बताएका छन् ।

मानिसहरु सडकमा बसिरहेका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर