Aamsanchar

तिन वर्ष यता झापामा आत्मह*त्या गर्नेको संख्यामा कमी 

Author Image
शनिवार, भदौ २३, २०८०

झापा । झापामा आत्महत्या गर्नेको संख्या विगत तिन वर्ष यता घटेको छ । तथापि पनि आत्महत्या गर्नेको जम्मा संख्या भयावह रहेको छ ।  २०७७ साल देखि २०८० भदौ २४ गते सम्म आत्महत्या गर्नेको संख्या ९ सय ९९ पुगेको छ ।

शिक्षा र चेतनाको हिसाबले अगाडि रहेको जिल्ला भनिएको झापामा आत्महत्याको संख्या उच्च हो ।

जिल्ला प्रहरी कार्यलयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०७७/०७८ मा ३ सय ३४ जनाले आत्महत्या गरेका थिए । त्यसमा ३ सय १ जना पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका थिए । त्यसैगरी २०७८/०७९ मा आत्महत्याको केही संख्या घटेको छ । सो वर्ष ३ सय १४ जनाले आत्महत्या गरेका थिए । त्यसमा पनि मृत्युवरण गर्नेको संख्या पुरुषकै धेरै छ । सो वर्ष २ सय २२ जना पुरुष र ९२ जना महिलाले आत्म हत्या गरेका थिए ।   त्यस्तै २०७९/०८० मा ३ सय १७ जनाले आत्महत्या गरेका थिए । सो वर्ष १ सय ८८ जना पुरुष र १ सय २९ जना महिलाले आत्महत्या गरेका थिए ।

पछिल्लो यस चालु वर्ष भदौ २४ गते सम्मको तथ्याङ्क हेर्दा ३४ जनाले आत्महत्या गरिसकेका छन् । यस वर्ष पनि आत्महत्या गर्ने हरुमा पुरुष कै संख्या धेरै रहेको छ । २५ जना पुरुष र ९ जना महिलाले आत्महत्या गरेका छन् ।
आत्महत्याका विभिन्न प्रकृतिलाई हेर्दा पासो लगाएर मर्नेहरूको संख्या धेरै रहेको छ । त्यसपछि विष सेवन गर्नेको संख्या उच्च रहेको छ । त्यस्तै हातहतियार प्रयोग गरेर र धारिलो हतियारले घाटी रेटेर आत्महत्या गर्नेहरू रहेको तथ्याङ्कमा उल्लेख छ ।

आत्महत्यागर्नेहरुमा १६ वर्ष देखि ६५ वर्ष माथि उमेर समूहका रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर