Aamsanchar

पहिरोमा आएको ढुंगाले लागेर एक युवाको मृ*त्यु

Author Image
आइतवार, भदौ २४, २०८०

काठमाडौं : डडेल्धुरामा पहिरोमा परी एक युवाको मृत्यु भएको छ। ​केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा खसेको पहिरोमा आएको ढुंगा लागेर अमरगढी नगरपालिका–४ का राकेश ऎरको ज्यान गएको हो।

शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो।  घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर