



काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका आकासे पुललाई अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बनाउने अभियान सुरु गरेको छ। आकासे पुलमा लिफ्ट जडान गरी अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बनाउन लागिएको हो। अभियानको पहिलो चरणमा परीक्षण परियोजनाका रूपमा महानगरभित्रका तीन वटा आकासे पुलमा लिफ्ट जडान गर्न लागिएको छ।
काठमाडौँ महानगरपालिकाको पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार पहिलो चरणमा चाबहिल, नयाँ बानेश्वर र पुरानो बसपार्क अगाडिको आकासे पुलमा लिफ्ट जडान गरिने छ। त्यसका लागि आवश्यक अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन निर्माण भइरहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 19