Aamsanchar

‘कौसीमा हेरेर’ सार्वजनिक

Author Image
सोमवार, भदौ २५, २०८०

काठमाडौं –गायक तथा संगीतकार उमेश राउतको नयाँ गीत ‘कौसीमा हेरेर’ सार्वजनिक भएको छ ।

विभिन्न शैलीमा करिब दर्जनभन्दा बढी गीतमा स्वर र संगीत दिइसकेका राउतको नयाँ गीत उनको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो । लोक आधुनिक शैलीमा तयार पारिएको यो गीतले समसामयिक नेपाली समाजको चित्रलाई बोल्ने संगीतकार राउतको भनाई छ ।नारायण थापाको शब्द रहेको यो गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् भने लिरिकल भिडियो दिपेश गिरीले तयार पारेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर