Aamsanchar

मोरङ : भात पकाउने क्रममा आगोले जलेर एक जना महिलाको मृ*त्यु

Author Image
आइतवार, भदौ ३१, २०८०

मोरङ- मोरङको ग्रामथान गाउँपालिका-४ मोतिपुर स्थितमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीया भेडियन देवी माझी रहेकी छन् । हिजो आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जलेर घाईते भएकी उनलाई उपचारको लागी आर्या न्युरो अस्पताल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाउनुका साथै थप अनुसन्धान गरीरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर