



काभ्रे – जिल्लाको महाभारत गाउँपालिका–३ का वडा सदस्यको मृत्यु भएको छ। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा सदस्य तथा महाभारत गाउँपालिका गाउँसभा सदस्य ४१ वर्षीय बाबुलाल मोक्तानको मृत्यु भएको पुष्टि गरे।
अध्यक्ष जिम्बाका अनुसार एपेन्डिसाइटिस भई शीर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मोक्तानको निधन भएको हो।
स्थानीय तहको निर्वाचनमा मोक्तान नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए।

मोक्तानको तामाङ परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ। यसैबीच गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। गाउँ कार्यपालिकाको बैठकले मृतक मोक्तानप्रति शोक प्रस्ताव पारित गरेको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 9