Aamsanchar

टिपटपलाई काठमाडौं महानगरपालिकाले तिरायाे दुई लाख जरिवाना

Author Image
सोमवार, असोज १, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले म्याद गुज्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ।

प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार उपभोक्ताले महानगरको वडा नम्बर १७ मा रहेको सो पसलले खान नमिल्ने गरी बिग्रिएको दुधबरी बेचेको भन्ने गुनासो टिपाएका थिए । प्राप्त सूचनाको आधारमा अनुगमन भएको उहाँको भनाइ छ ।

गुनासो आएपछि कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवम् निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो ।

अनुगमनको क्रममा डा। झाले फाटेको दुधमा दुधवरी बनाइएको पाइएको तथा पसलमा बस्ने व्यक्तिमा शिष्टाचार नभएको रुखो र अशिष्ट बोलीचाली रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उचित तापक्रममा नराखेका कारण दुध फाटेको र त्यही फाटेका दुधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको हो ।”

उहाँका अनुसार करिब ५ किलोग्राम बिग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो ।

महानगरले जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, बिग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर