



काठमाण्डौ – सिन्धुलीमा आगोले जलेर आज सोमवार एक जना बालकको ज्यान गएको छ ।
मरिण गाउँपालिका–३ वरुणका दूधराज मोक्तानका तीन वर्षका छोरा मनिषको घरकै अगेनाको आगोमा जलेर ज्यान गएको प्रहरीले जनाएको छ । अपाङ्गता भएका बालकलाई झोलुङ्गोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएका थिए । कोही नभएको समयमा बालक झोलुङ्गोबाट झरेर केही परको अगेनोमा गएकोमा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 45