




बारा – जिल्ला प्रहरी कार्यालय बाराले चार किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगन्जबाट कलैयातर्फ लुकाई छिपाई मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा चार किलो चाँदीका गरगहनासहित वीरगन्ज महानगरपालिका-३ का राजेश साह सोनार पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा गण्डक चोकमा चेकजाँच गर्ने क्रममा ना १६ प ४०१६ नम्बरको मोटरसाइकलमा चाँदीका गरगहनासहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दुधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका साहलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 8