Aamsanchar

दाङ : नव दम्पतीले आफ्नो विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरे

Author Image
शुक्रवार, असोज ५, २०८०

दाङ – दाङमा एक नव दम्पतीले आफ्नो विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

दाङको बङ्गलाचुली गाउँपालिका वडा नं १ स्युजाका गणेश विश्वकर्मा र पवित्र राईले विवाहको उपलक्ष्यमा श्री महेन्द्र माध्यमिक विद्यालय स्युजामा ५० हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो।

विद्यालयको वार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक(एक जना छात्ररछात्रालाई प्रत्येक वर्ष जेहेनदार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यकासाथ आफूहरुले अक्षय कोषको स्थापना गरेको उनीहरुले बताएका छन् ।

विवाहमा हुने खर्च कटौती गरेर गणेश(पवित्रा वैवाहिक अक्षयकोष स्थापना गरिएको विश्वकर्माले बताउनु भयो । उनीहरुले दाङ जिल्ला अदालतबाट अदालती विवाह गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर