Aamsanchar

दमकको कदममा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने

Author Image
शनिवार, असोज ६, २०८०

दमक । दमक ९ स्थित कदम थिएटरको पाङ्वाईला हिममा नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने भएको छ  ।
दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मुलकाहरुको जीवन भोगाइलाई साहित्यकार इन्द्रबहादुर राईले कथा लेखेका थिए । सोही कथालाई नाटकीकरण गरेर रङ्गकर्मी जीवन बरालको निर्देशनमा कदम थिएटरका पहिलो ब्याचका कलाकारहरूले अभिनय गर्दैछन् ।

नाटक यही असोज १२ गते देखि हरेक साँझ ५ः१५ बजे कदम थिएटरमा मञ्चन हुनेछ । कदम थिएटरले गएको जेठ २४ गते देखि रङ्गमञ्चको आधारभुत कार्यशाला सञ्चालन गरेको थियो । सोहि कार्यशालाको अन्त्यमा नाटक “जयमाया आफू मात्र लिखापानी आइपुगी” को मञ्चन गर्नका लागि पूर्वअभ्यास भइरहको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिए । देवान भन्छन्, यो नाटक हाम्रै परिवेशको नियति, वाध्यता र दुःखका कथा हो । हामीले भोगेका, भोग्न परेका शरणार्थी व्याथा भित्र कतै न कतै जयमायाहरू बाँचिरहेकै छन्, होलान् । पूर्वी नेपालका बेलडाँगी, पथरी शनिश्चरे अझै यी व्यथाका साक्षी छन् ।

यस नाटकमा अनिल दुलाल, आयुश खतिवडा, पारुमा राई, पुनम भुजेल, पुष्प राई, भरत मगर, नवीन भण्डारी, नवीन रिजाल, रश्मि उप्रेती, रोशन मुर्मु, विवेक राउत र संचिता लामाले अभिनय गरेका छन् भने नाट्य आलेख रङ्गकर्मी सिजन दाहालले तयार पारेका हुन् । कदम थिएटरका कलाकार मनिक शंकरले मञ्च परिकल्पना गरेका छन् ।

कार्यशालाका सहभागीलाई कलाकार बनाएर नाटक मञ्चन गर्न सम्म आइपुग्दा मौसम राना राई, सुवास खरेल, चोमु शेर्पा खुशी “पाण्डेय”, सुमन कुइँकेल, कृष्ण काश्यप, राजेन्द्र अधिकारी, राजा श्रेष्ठ, दीपक खरेल, मनिक शंकर लगायतले कार्यशालाको सहजिकरण गरेका थिए ।

कार्यशालाका मुख्य सहजकर्ता रङ्गकर्मी जीवन बरालका अनुसार यस कथालाई नाटकको रुपमा रूपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतिलाई छुने गरि तयार पारिएको छ । निर्देशक बरालले २० वर्ष भन्दा धेरै नेपाली रङ्गमञ्चमा काम गर्दै आइरहेका छन् भने, घामड शेरे, प्रेम गीत ३, महानगर, निरफूल, लगायतका एक दर्जन बढी नेपाली सिनेमामा अभिनय गरिसकेका छन् भने आधा दर्जन भन्दा बढी नाटकको निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर