Aamsanchar

मेचीनगरमा पनि पाण्डे बन्धु सेवा समिति गठन

Author Image
शनिवार, असोज ६, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पाण्डे बन्धु सेवा समिति गठन भएको छ ।
पाण्डे बन्धु सेवा समिति झापाले क्षेत्रीय स्तरीय समिति गठन गर्ने कार्यक्रम अन्तरगत आज (शनिबार) मेचीनगरमा पाण्डे बन्धु सेवा समिति गठन गरेको हो ।

पाण्डे बन्धु सेवा समिति झापा जिल्ला अध्यक्ष चिरञ्जीवी पाण्डेको अध्यक्षतामा आयोजित समिति गठन कार्यक्रममा पाण्डे बन्धु सेवा समिति स्थापनाकालका सदस्य सत्यनारायण पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

११ सदस्य मेचीनगर  समितिको अध्यक्षमा विष्णु पाण्डे , उपाध्यक्ष विमलराज पाण्डे, सचिव विक्रम पाण्डे, सहसचिव कमल पाण्डे, कोषाध्यक्षमा कमला पाण्डे सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमा दीपक पाण्डे, प्रकाश पाण्डे, ओमबहादुर पाण्डे, निर्मल पाण्डे, सुशीला पाण्डे, देवराज पाण्डेलाई चयन गरिएको छ । त्यसैगरी चार सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । गठित समितिमा राजकुमार पाण्डे, कुलदीप पाण्डे, लिलाबहादुर पाण्डे र केशवराज पाण्डे रहेका छन् ।

समिति गठन कार्यक्रममा पाण्डे बन्धु सेवा समिति केन्द्रीय सदस्य केशवराज पाण्डे, बिर्तामोड नगर अध्यक्ष कृष्ण पाण्डे, कनकाई अध्यक्ष नरपति पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुवाष पाण्डेले गरेका थिए ।

झापाको १५ वटा पालिका मध्ये भद्रपुर र कचनकवललाई संयुक्त समिति बनाउँदा हाल सम्म १३ वटा पालिका स्तरीय समिति गठन भइसकेको र  अब झापामा अन्तिम क्षेत्रिय समिति दमकमा मात्र गठन हुन बाँकी रहेको छ । दमकमा  आगामी असोज १३ गते समिति गठन गर्ने निर्णय भएको  पाण्डे बन्धु सेवा समिति  झापा जिल्ला अध्यक्ष चिरञ्जीवी पाण्डेले जानकारी दिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर