Aamsanchar

विभिन्न बाहानामा रोकिदै आएको सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

Author Image
आइतवार, असोज ७, २०८०

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको छ । यो प्रकरणको सुनुवाइको सबै प्रक्रिया सकिएर फैसला आउने बेला भए पनि विभिन्न बाहाना बनाएर फैसलामा ढिलाइ गरिएको छ ।

यसअघि तोकिएको पेसीका दिन यो मुद्दा विदामा बसेका न्यायाधीशको इजलासमा परेपछि स्थगित भएको थियो । मुद्दाकै कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि उनी चीन जाने नजाने टुंगो लागेको छैन ।

यसअघिको सुनुवाइमा जिल्ला अदालतले पीडित बालिकाकी आमाको जन्म मिति मगाउने आदेश गरेको थियो । एक नाबालिग किशोरीलाई होटेलमा लगेर बलात्कार गरेको आरोप लामिछानेमाथि छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर